http://grgsoms.blogsome.com

|||:::: You are hearly Welcome to in grgsoms web site from Lamjung Besishahar.Thank you-Sher,Om and Shakti.यहाँ हरु लाई यो साअएट मा स्वागत छ । धन्यवाद । ::::|||

August 22, 2007

Filed under: Uncategorized

एसएमएसले काव्याञ्जली

बेनुुपराज भट्टराई

 

दार्जिलिङ,  साहित्यका हरेक विधामा कलम चलाएर दार्जिलिङको युुवापुुस्तामा लोकपि्रय भएका केवलचन्द्र लामा आइतबार प्रसन्न मुुद्रामा भन्दै थिए- ‘एसएमएस निम्तोले पनि यत्रो काम गर्नसक्दा साह्रै सन्तोक लाग्यो ।’ काव्याञ्जली अगुुवा भएकाले कार्यक्रम सफल हुुँदा लामा जति खुुसी थिए, उति नै सहभागीहरू पनि हषिर्त देखिए । नौलो तरिकाले पनि साहित्यिक समारोह गर्न सकिँदो रहेछ, सबैको भनाइको सार थियो- अबदेखि यसरी एसएमएस निम्तोकै भरमा जमघट हुुनुुपर्छ ।

यो प्रसंग हो, दार्जिलिङको हिलकार्ट रोडस्थित सत्यसाई भवनमा आयोजित काव्याञ्जलीको । लुुकेका प्रतिभालाई बाहिर ल्याउने र स्थापितलाई प्रोत्साहन गर्ने उद्देश्यले मोबाइलमा एसएमएस गरेर निम्त्याउँदा पनि दर्जनौं उपस्थित भएको देखेर आयोजकहरू छक्क परेका थिए । ‘हरेकसँग मोबाइल भए पनि एसएमएस निम्तो गरेर साहित्यिक कार्यक्रम गरिएकै थिएन,’ पहिलो प्रयास सफल भएपछि कवि मिलन वान्तवा हौसिँदै थिए- ‘सधैँ यस्तै जागरुक हुुन सके दार्जिलिङे साहित्यले फस्टाउने मौका पाउँथ्यो ।’

कतिसम्म भने एसएमएस निम्तोकै भरमा पाँच घन्टा टाढा सिक्किमको गान्तोकबाट पनि साहित्यकारहरू काव्याञ्जलीमा आइपुुगेका थिए । ‘मन मरेको दुुर्घटनाबारे एउटा रिपोर्ट’ शीर्षक कविता सुुनाउनुुअघि सिक्किमे कवि प्रवीण राई ‘जुुमेली’ ले सुुनाए- ‘साहित्यिक समारोह भनेपछि छोटो एसएमएसले पनि मन खिच्यो ।’ चिठी पठाउँदा पनि अरू कार्यक्रममा सहभागी हुुन आनाकानी गर्ने अर्का कवि जयेन्द्र जेनियम पनि एसएमएस निम्तो स्वीकार्दै सिक्किमबाट दार्जिलिङ आइपुुगेका थिए ।

‘चौतर्फी रूपले थिचिइरहेको नेपाली साहित्यलाई उकास्न हामीजस्ता युुवा जुुट्नुुपर्छ,’ खाँटी नेपाली लयमा कविता प्रस्तुुत गर्दै जे नियम आग्रह गर्दै थिए- ‘भाषा, साहित्य र संस्कृति बचायौं भने मात्रै हामी बाँचेको अर्थ हुुन्छ ।’

उनीसँगै आएका ‘समय’ दैनिकका सम्पादक पारसमणि समचाहिँ ‘लक्ष्यतिर’ शीर्षक उपन्यास हस्ताक्ष्ार गर्दै साहित्यिक इष्टमित्रलाई बाँड्न भ्याई-नभ्याई थिए । ‘आफूले लेखेको कुुरा अरूलाई बाँड्दा औधी गर्व लाग्छ,’ भोलिपल्टको पत्रिका तयारी गर्न गान्तोक हुुइँकिन हतारिरहेका उनी भन्दैथिए- ‘हामीले एसएमएस गर्दा पनि यसरी आउनुु है ।’

मोबाइलमा एसएमएस पाएकै भरमा जोरथाङ, कालिम्पोङ, बिजनबारी, खरसाङ, जलपाइगुुडीलगायत टाढाका बजारबाट पनि कविताको डायरी गोजीमा हालेर आउने साहित्यकार निकै थिए । त्यही माचोमा देखा परे अल्लारे कवि मनोज बोगटी । कालिम्पोङबाट आइपुुगेका उनले ‘भैंसी’ बिम्ब प्रयोग गर्दै कविता सुुनाउँदा काव्याञ्जलीका सबहभागीले ‘वाह…वाह…’ भनिरहे । बोगटीको कविताले दार्जिलिङको बेटुुंगे मौसम र राजनीतिको तुुलना गर्दै नेताको आचरण उदांगो पारेको थियो ।

अगरबत्तीले सुुगन्धित कोठामा उत्साही भावमा उपस्थित कविहरूले सत्य, धर्म, प्रेम र अहिंसा पक्षमा चार घन्टासम्म कविता सुुनाइरहे । काव्याञ्जलीको अध्यक्ष्ाता गर्ने अग्रज साहित्यकार कृष्णसिं मोक्तान भन्दै थिए- ‘भाषा, साहित्य जोगाउन यस्ता समारोह भइरहनुुपर्छ, हामीलाई नेपालले बिर्सनुु हुुँदैन ।’

उनको आग्रहलाई कदर गर्दै इलामबाट कविता सुुनाउन आइपुुगेका विमल वैद्यले केहीबेरमै भने- ‘दार्जिलिङ र सिक्किमलाई हामी भुुल्दैनौं, सहकार्य गर्दै हातमा हात मिलाएर साहित्यको श्रीवृद्धिमा जुुट्नुुपर्छ ।’

समसामयिक राजनीति, मानवीय पीडा र प्राकृतिक सौन्दर्यसम्बन्धी कविता सुुनाउँदै सबैजसो साहित्यकारले ‘गोर्खालीको थलो दार्जिलिङलाई सौन्दर्यले जस्तै साहित्यले पनि भरिपूर्ण बनाउनुुपर्ने’ राय व्यक्त गरे । ‘चिया कमानका चेलीबेटी र चौरस्तामा भारी बोक्ने नेपालीको जीवनकथा लेख्नुुपर्छ,’ जलपाइगुुडी मधेसबाट कविता सुुनाउन ‘माइती गाउँ’

उक्लिएकी रेमिका थापाको आग्रह थियो- ‘दुुःखीको दिनचर्या समेट्दा मात्र साहित्य सबैलाई प्यारो हुुन्छ ।’ जोसका साथ कविता सुुनाउने युुवाकवि विनोद प्रधानको आग्रह पनि उस्तै थियो ।

धेरैले कविता प्रस्तुुत गरेको काव्याञ्जलीमा यस वर्षको ‘भाइचन्द्र स्मृति पुुरस्कार’ पाएकी वीणा हाङखमलाई सम्मान गरियो । साहित्यकार मनप्रसाद सुुब्बा, डा. सुुमन्त प्रधान, वसन्ती श्रेष्ठ, प्रदीप सुुब्बासमेतले कविता सुुनाएका थिए ।   

Filed under: Uncategorized

मोबाइल अब देशभर लोकल

कास

 

काठमाडौं, भदौ ४ - सरकारले मोबाइलमा रहेको रोमिङ र एसटीडी शुल्क हटाई मुलुकभर एउटै दरमा सेवा दिने भएको छ ।

संसद्को वातावरण, सञ्चार तथा प्रविधि समितिले हालै दिएको निर्देशनअनुसार दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा मोबाइलमा रहेको रोमिङ र एसटीडी शुल्क हटाई देशभर एउटै लोकल दरमा मोबाइल सेवा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को मंगलबारको बैठकले प्राधिकरणको यो  निर्णय अनुमोदन गरेको छ ।

प्राधिकरणले छिट्टै नेपाल टेलिकमको फोनमा रहेको एसटीडी शुल्क समेत हटाई देशभर लोकल दरमा सेवा सञ्चालन गराउने गृहकार्य गरिरहेको छ ।

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main

link to hit-counter-download.com